फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा म्याग्दीका ११ राजनीतिक दलका र एकजना स्वतन्त्र गरी १२ जना उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धतासहित मतदाता रिजाउन सक्रिय देखिएका छन् । उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् ।


उम्मेदवारहरू विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेण्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । उनीहरूले आफ्नो दलको नीति, कार्यक्रम र जिल्लाको विकासमा पु¥याउने योगदान’दयगत मतदातालाई जानकारी गराउँदै चुनाव जित्ने आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

जिल्लामा स्थानीय तहदेखि संघीय तहसम्मका राजनीतिक नेतृत्वको भूमिका, विगतमा भएका विकासका काम, अधुरा योजना र आगामी दिनमा जिल्लालाई कसरी अघि बढाउने भन्ने विषयमा मतदाताबीच बहस सुरु भएको छ । यसपटक चुनिने जनप्रतिनिधि कानून र विधि निर्माता भए पनि भौतिक पूर्वाधार र जनजीविकाका सवाल सम्बोधन नभएकै कारण मतदाताहरु भौतारीदै गरेको अवस्थामा राम्रा उम्मेदवार खोज्न बाध्य बनेको माउण्ट एभरेष्ट आवासीय माविका प्राचार्य राजु केसीले बताए ।

नेकपा(एमाले)बाट हरिकृष्ण श्रेष्ठ,नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्वरबहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै,राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक,श्रम संस्कृति पार्टीबाट विनोद राना,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे,मंगल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी,नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिष्पर्धामा छन् ।












