---Advertisement---

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

On: February 25, 2026 3:58 PM
Follow Us:

सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको उपचार खर्च नेपाल सरकारले बेहोर्ने जानकारी दिए।

प्रवक्ता अर्यालका अनुसार निर्वाचन अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई सरकारले आर्थिक सहायतासमेत उपलब्ध गराउने निर्णय भएको छ।

सरकारले निर्वाचनलाई मध्यनजर गर्दै मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिइने प्रवक्ता अर्यालले जानकारी दिए।

बैठकले निर्वाचन प्रयोजनका लागि मित्रराष्ट्र चीन सरकारबाट प्राप्त हुने ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले उर्जा क्षेत्रको गेमचेन्जर मानिएको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम उक्त ढाँचा स्वीकृत गरिएको हो।

हेर्नुहोस् थप निर्णयहरु: 

Leave a Comment