मतदाता नामावलीमा नाम भएका जो कोहीले कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका छन्।
मतदाता परिचयपत्र साथमा नभएपनि मतदाता नामावलीमा नाम भएका जो कोहीले कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका हुन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने उल्लेख छ।
तर मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ।
सोही निर्देशिका अनुसार अन्य पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको लागि मतदान हुँदैछ।











