---Advertisement---

म्याग्दीमा एकजना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता

On: February 27, 2026 8:57 PM
Follow Us:

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा एक यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता छन् ।

एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता छन् । महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेकोमा एक यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । 

म्याग्दीमा २२ सय ३६ मतदाता थपिएका छन् । निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता रहेको मतदान केन्द्रमा खटिने मतदान अधिकारीलाई जानकारी गराउने बताए । 

म्याग्दीमा निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

म्याग्दीमा एकजना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उमेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उमेदवार रहेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्वरबहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे, मंगल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी, नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । 

Leave a Comment