---Advertisement---

शिक्षा क्षेत्रको सुधारका लागि मैले गरेको प्रयास अधुरै छ : स्वतन्त्र उम्मेदवार पुन

On: February 27, 2026 11:47 PM
Follow Us:

प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनले दलिय राजनीतिबाट आजित भएका जनतालाई राहत दिन चुनावी मैदानमा आएको बताउनुभएको छ । शुक्रबार रघुगंगा गाउँपालिकाभित्रका विभिन्न वडामा मतदाता भेटघाटको क्रममा उम्मेदवार पुनले आफु शिक्षामन्त्री हुदाँ देशलाई आवश्यक पर्ने कानुन बनाउन असफल भएपछि संसदबाटै बनाएर छोड्ने लक्ष्य लिएर चुनावी मैदानमा होमिएको बताउनुभएको थियो ।


‘मैले कुनैपनि काम सुरु गरेपछि पूरा गरेरै छोड्ने गरेको छु, यसपटक तपाईहरुलाई आश्वासन दिन आएको छैन, मेरो उम्मेदवारी कुनै ब्यक्ति, पार्टीप्रति लक्षित पनि छैन’ उम्मेदवार पुनले भन्नुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक पर्ने योजनाहरूलाई अलपत्र छोड्नुपर्ने अवस्था आएपछि उम्मेदवार बनेको बताउनुभयो ।

शुक्रबार मतदाता भेटघाटको क्रममा रघुगंगा गाउँपालिका वडा नं ३ मौवाफाँटमा आयोजित कार्यक्रममा रोजगार दिन्छु भनेपनि दलहरुले योजना बनाउन र लगानीको वातावरण बनाउन नसकेको भन्दै रोजगार दिनका लागि भिजन आवश्यक पर्ने बताउनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो भिजन र काम मन परे सहयोग गर्न अनुरोध गर्नुभयो । ‘मैले राम्रो काम गर्छु जस्तो लाग्छ भने मत दिनुहोला, नत्र, मनपर्ने उम्मेदवारलाई दिनुहोस’ उम्मेदवार पुनले भन्नुभयो ।


आर्थिक प्रलोभनमा मतदान नगर्न समेत पुनको अनुरोध थियो । आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा मतदाताहरुलाई भेटेर उम्मेदवार पुनले शिक्षा,अनुसन्धान,नवप्रवद्र्धन,रोजगारी,अर्थतन्त्र र विकासका साथै युवाहरुसँग सहकार्य गर्ने योजना बनाएका उम्मेदवार पुनको रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु सुरु गरेकाले यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले जीवनी बेचेर कारखाना चलाउने गरेको बताउँदै एक रुपैयाँ पनि भ्रष्टचार नगरेको र भ्रष्टचार गर्नेहरुसँग संगत समेत नगर्ने बताउनुभयो ।

Leave a Comment