---Advertisement---

मतगणना अवधिसम्म म्याग्दीमा मदिरा बिक्रीमा रोक

On: February 28, 2026 12:59 PM
Follow Us:

यही फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै म्याग्दी जिल्लामा निर्वाचन मतपरिणाम सार्वजनिक नहुदाँसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुन १५ गतेदेखि अन्तिम नतिजा सार्वजनिक नहुदाँसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन गर्न रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जारी सूचनामा सूचनाको अवज्ञा गरी मदिरा विक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजीम कारबाही गरिने बताए ।

जिल्लाभित्र मदिरा बिक्री वितरण गर्ने स्थान लगायतका क्षेत्रमा निगरानी समेत बढाउने सहायक प्रजिअ आचार्यको भनाई छ । जिल्ला प्रहरी कार्यालयले नियमित अनुगमन तथा संयुक्त गस्ती परिचालनमा समेत मदिरा बिक्री वितरण तथा सेवन गर्ने स्थानमा छड्के अनुगमन गर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिकलाई निर्णयको पालना गर्न अपिल गर्दै सहयोग गर्न अनुरोध गरेको छ ।


एक निर्वाचन क्षेत्र,छ पालिका र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । एक स्वतन्त्र र ११ राजनीतिक पार्टीका गरी यहाँ १२ जना उम्मेदवारहरुको बिचमा चुनावी प्रतिष्पर्धा हुँदैछ ।

Leave a Comment