---Advertisement---

रास्वपा म्याग्दीले ४४ वडामा पुगेर चुनावी अभियान समापन

On: February 28, 2026 10:23 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी म्याग्दीका समानुपातिक उम्मेदवार दिपक बोगटीले चुनावी घरदैलो कार्यक्रम समापन गर्नुभएको छ। गएको फागुन ५ गतेदेखि बेनी नगरपालिका–१, रत्नेचौरबाट सुरू भएको घरदैलो अभियान जिल्लाको ४४ वटा वडामा पुगेर शनिबार समापन गरिएको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो । बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहमध्ये हिमपात भएका कारण धवलागिरी गाउँपालिका–१, गूर्जामा पुग्न नसकिएपनि अन्य वडामा उत्साहजनक उपस्थिती रहेको समानुपातिक उम्मेदवार दिपककुमार बोगटीले बताउनुभयो ।


‘चुनावी अभियानमा बस्तीभित्रका धेरै समस्या पहिचान गरेको छु, अब राज्यले नगरे मैले आफ्नै प्रयासमा केही काम गर्ने प्रतिबद्धता मतदातालाई गरेको छु‘ उम्मेदवार बोगटीले भन्नुभयो । शनिबार बेनी नगरपालिका–२ खवरामा आयोजित भेटघाटमा उम्मेदवार बोगटीले बत्तीमुनीको अध्यारो भएको यस क्षेत्रको विकासका लागि सक्ने प्रयासहरु गर्ने बताउनुभयो । रास्वपाले निर्वाचनको कार्यक्रम समापन गरेपनि मतदाताको चाहना अनुसार भेटघाटलाई निरन्तरता दिने जनाएको छ । चुनावी अभियानमा पालिका, टोल र घरघरमा पुगेर अभियान सञ्चालनमा सहयोग गर्ने मतदातालई समेत रास्वपाले धन्यवाद दिएको छ ।

Leave a Comment