---Advertisement---

इरानमाथि आक्रमणको असर : सुनचाँदीको मूल्य बढ्यो

On: March 1, 2026 12:12 PM
Follow Us:

साताको पहिलो दिन आज सुनको मूल्य तीन लाख २० हजार ५०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

यसरी सुन पाँच हजार ६०० रुपैयाँले वृद्धि भएको छ।

आज चाँदी प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि पाँच हजार ७४० रुपैयाँ रहेको थियो। दुई दिनमा चाँदी प्रतितोला २४५ रुपैयाँले वृद्धि भएको महासंघले जानकारी दिएको छ।

इरानमाथि भएको आक्रमण र सर्वोच्च नेता अली खामेनी मारिएको एकदिनपछि नेपाली बजारमा सुनको मूल्य वृद्धि देखिएको हो।

Leave a Comment