---Advertisement---

निर्वाचन सामग्रीसहित म्याग्दीका मतदान केन्द्रतर्फ खटिन थाले कर्मचारी

On: March 1, 2026 12:13 PM
Follow Us:


हरिकृष्ण गौतम

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतपत्र बाहेक मतपेटिकालगायत ५२ प्रकारका निर्वाचन सामग्रीसहित निर्वाचन टोली मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।जिल्ला निर्वाचन अधिकारी बिलमप्रसाद गौतमले साम्रागी लिएर मतदान अधिकृत सहित सम्पूर्ण कर्मचारी फागुन १८ गतेसम्म मतदान केन्द्रमा पुग्नुपर्ने बताए ।


जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदान केन्द्रलाई आवश्यक निर्वाचन साम्रागी हस्तान्तरण भइरहेको बताए । ‘मतपत्रबाहेक सबै सामान हस्तान्तरण गरिएको छ, मतदानस्थलमा पुगेपछि गर्नुपर्ने कामहरुका बारेमा समेत जानकारी गराइएको छ’ निर्वाचन अधिकारी गौतमले भने । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तीपत्र वितरण भइसकेको छ । म्याग्दीमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ ।


त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ।

म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ । यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् । निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक समन्वय भइरहेको छ ।

Leave a Comment