प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनको चुनावी घरदैलो अभियानसँगै आइतबार सदरमुकाम बेनीबजारमा सरसफाई गरिएको छ । उम्मेदवार पुनका समर्थकले विभिन्न ब्यंख्य लेखिएको नारा सहित बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोकबाट बजार सरसफाई अभियान सुरु गरेका थिए ।

बेनी नगरपालिका वडा नं ७ र वडा नं ८ मा पर्ने बेनीबजारमा महावीर पुनको घरदैलो अभियान समेत सम्पन्न भइसकेको छ । घरदैलो अभियानसँगे मतदातालाई जानकारी गराउन तथा सरसफाई सहित श्रमको सम्मान गर्ने उम्मेदवार भएकाले बजार क्षेत्रमा कार्यक्रम गरिएको महावीर पुन चुनाव प्रचारप्रसार समितिका योगकुमार फगामीको भनाई छ ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो भिजन र काम मन परे सहयोग गर्न अनुरोध सहित आइतबार अन्नपूर्ण गाउँपालिका वडा नं ६ खिवाङमा चुनावी अभियान सञ्चालन भइरहेको छ ।












