---Advertisement---

६० बर्षपछि राखुबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने योजनामा भण्डारी

On: March 2, 2026 6:44 PM
Follow Us:

आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकाले नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले अन्तिम चुनावी सभा रघुगंगा गाउँपालिकाका विभिन्न बस्ती हुदै बेनी नगरपालिका वडा नं १० पात्लेखेत, वाखेतमा केन्द्रित गर्नुभयो ।

विहानै मतदाताको घरदैलोमा भेटघाट सहित रघुगंगा गापाको वडा नं ५, झिँ, वडा नं ६ पाखापानी लगायतका बस्तीमा पुगेर फर्किनुभएका उम्मेदवार भण्डारी मतदाताबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित हुनुहुन्छ । आगामी बिहिबार अर्थात फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सोमबार राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने भएपछि ग्रामिण क्षेत्रबाट झरेर बजार क्षेत्रमा समेत भेटघाट गर्ने उम्मेदवार भण्डारीको योजना छ ।


भण्डारीले यसपटक रघुगंगा गाउँपालिकाको वडा नं २ र ३ को प्रतिनिधित्व गदैं करिब ६ दशकपछी केन्द्रीय संसदमा प्रतिनिधित्वको अवसर खोज्नुभएको छ । रघुगंगा गापा– २ राखु भगवती निवासी भण्डारीले आफ्नो भूगोलबाट प्राप्त सहयोगले ६ दशकयताकै पहिलो प्रतिनिधि बन्ने दावी गर्नुभएको छ ।

वि.स. २०२४ मा राखु मौवाफाँटका खडानन्द सुवेदीले राष्ट्रिय पन्चायत सदस्य जित्दा राखु क्षेत्र मुस्ताङ जिल्लामा समावेश थियो । वि.स. २०३२ सालमा भएको प्रशासनिक हेरफेरमा राखुका ४ गाउँ पञ्चायत सहित १२ वटा गाउँ पञ्चायतलाई म्याग्दी जिल्लामा गाभिएपछि वि.स.२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा अञ्चलाधिस समेत रहनुभएका राखुका नन्दबहादुर मल्ल उम्मेदवार बनेपनि भिमप्रसाद गौचनसंग पराजित हुनुभएको थियो ।


जिल्लाको राजनीतिक रुपमा ठूलो योगदान दिएको राखुबाट बर्षौपछि संघीय प्रतिनिधिको अवसरले कांग्रेसको भगवतिमा आयोजित आमसभामै स्थानीय समाजसेवी ८५ बर्षिय पूर्व प्रधानपञ्च देबेन्द्रबहादुर मल्लले मन्तब्यमार्फत खुसी ब्यक्त गर्नुभएको थियो । वि.स. २०३८ मा आम निर्वाचनमा राखुका नन्दबहादुर मल्ल र शिखका हरिबहादुर पुनलाई पराजीत गर्दै पाखापानीका भिमप्रसाद गौचनले जित्नुभएकोमा बि.स२०४३ मा बेनीका भुपेन्द्र खड्का र शिखका हरि बहादुर पुनलाई पराजीत गर्दै गौचन पुन राष्ट्रिय पञ्चायत सदस्य बन्न सफल हुनुभएको थियो ।

‘मैले ६ दशक अगाडीको इतिहासलाई फर्काउने छु,जिल्लाबासीका सबै समस्या समाधान गरेरै छोड्नुछ‘ भण्डारीले भन्नुभयो । म्याग्दी जिल्लामा निर्वतमान प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले छोडेका अपुरा योजनालाई पुर्णतासहित बजेट विनियोजनमा प्राथमिकता दिने गरी काम गर्ने उम्मेदवार भण्डारीको भनाई छ ।

Leave a Comment