---Advertisement---

म्याग्दी समाज अमेरिकाको अध्यक्षमा कमल भण्डारी चयन

On: March 2, 2026 11:25 PM
Follow Us:

म्याग्दी समाज अमेरिकाको ९ औं अधिवेशनबाट कमल भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । अमेरिकामा रहेका म्याग्देलीले स्थापना गरेको समाजको वरिष्ठ उपाध्यक्ष कमल छन्त्याल,उपाध्यक्ष सबी थापा,जगत घिमिरे,महासचिव सज्जन बोहोरा,सचिव सन्दिप कार्की कोषाध्यक्ष दीपा पुन र सह–कोषाध्यक्ष ज्ञानु बानियाँ रहनुभएको छ ।

समाजको सदस्यहरूमा सूचना प्रविधि निर्देशक कमल खत्री, खेलकुद निर्देशक कुल रोका, चक्र पुन, मन बि सिंकिन्जा,भुपेन्द्र थापा, हुमा छन्त्याल र हृदय केसी रहनुभएको महासचिव सञ्जन बोहोराले बताउनुभयो ।


अधिवेशनको उद्घाटन गदैं बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) का नवनिर्वाचित अध्यक्ष जीतेन्द्र (जीतेन) गुरुङले म्याग्देलीको एकता लोभलाग्दो रहेको बताउनुभयो । अमेरिकामा रहेका म्याग्देलीहरुले सामाजिक एवम् मानवीय सेवामा सहयोग पुग्ने गरी स्थापना भएको संस्थामार्फत गरिएका कार्यहरुको उहाँले प्रशंसा गर्नुभएको थियो ।

अधिवेशनको अवसरमा बोल्दै निवर्तमान अध्यक्ष कृष्ण केसीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको थियो । यसैबीच नवनिर्वाचत अध्यग भण्डारीले अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्वाचिन मण्डल, निर्वतमान सहित समाजका सम्पूर्ण सदस्यहरुमा धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।ं

Leave a Comment