---Advertisement---

‘चुनावमा उम्मेदवारले दिएको बाचा पूरा होस्, गाउँघरका समस्या फेरी पोख्न नपरोस्’

On: March 3, 2026 10:52 PM
Follow Us:

यही बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियान सकेर मौन अवधिमा प्रवेश गरेका छन् । उम्मेदवार र कार्यकर्ता आक्रामक रुपमा प्रचारमा खटिएकपछि अहिले आन्तरिक रणनिति बनाउन ब्यस्त छन् । अधिकांश मतदाता अनुभवी, विकासप्रेमी, राष्ट्रवादी, विश्वासयोग्य र अनुशासित उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया दिँदै आएका छन् । १२ जना उम्मेदवार रहेकोमा पहिलो पटक मत हाल्ने मतदाता यसपालि आश्वासन होइन, काम गर्ने नेता छान्न चाहन्छन् ।


पूर्वाधार विकास, सुशासन, रोजगार र म्याग्दीलाई हिमाली जिल्लाका रूपमा कार्यान्वयन गराउनुपर्ने माग मतदाताको छ । म्याग्दीलाई सात वर्षअघि सरकारले हिमाली जिल्लामा सूचीकृत गरेको थियो । यद्यपि व्यवहारिक रूपमा कार्यान्वयन नहुँदा नागरिक असन्तुष्ट छन् ।

धवलागिरी गाउँपालिका–२, लम्सुङकी सुकमायाँ गोतामे गाउँपालिकाको केन्द्रबाट आउने सडक घुमाउरो भएकाले बिरामीलाई अस्पतालसम्म लैजान सास्ती हुने र स्थानीयलाई समेत आवतजावतमा सकस भएकाले मटला हुदै सिसाखानी हुदै लम्सुङ गाउँसम्म आउने सडक विस्तारको आश्वासन पाएपनि पूरा नभएको बताइन् । धवलागिरी–२ लुलाङका कृष्ण कुमाइले विपन्नलाई गुलियो भाषण दिएर मत तान्ने प्रयासमात्रै हुने गरेको गुनासो गरे । उनले गाउँमा गरिबी, अशिक्षा, स्वास्थ्यको अभावका कारण समस्या झेल्नुपरेको बताउँदै मिठो भाषणभन्दा काम गर्न सुझाव दिए । पाँचबर्षमा भोट माग्न आउने नेताहरूलाई मात्रै गाउँमा देख्न पाइने गरेको बताए ।


गाउँका तमाम समस्या हुँदा पनि समाधानतर्फ ध्यान नदिएको उनको गुनासो छ । गाउँसम्म आउनका लागि गतिलो सडक छैन । सडक मात्रै होइन, अरू धेरै संरचनासमेत बनेका छैनन् । गाउँमा बस्ने नागरिकका आधारभूत समस्या पनि समाधान नभएको भन्दै यसपटक गाउँमा जाने उम्मेदवारलाई गुनासो पोख्ने गरेका छन् ।

मालिका गाउँपालिका–७ बिमकी ५४ वर्षीया इनदेवी जुग्जाली चुनाव जिताएर पठाएका नेताले जनताको सुख दुःख बुझ्न जरुरी रहेको बताउँछिन् । यसअघि जितेर गएका प्रतिनिधि फर्किएर गाउँ नआएकाले नेताले जनतालाई सधैँ भ¥याङ बनाइरहने उनी गुनासो गर्छिन् । ‘विकास एकै पटक हुने कुरा होइन, नेताले चुनाव जितेपछि निरन्तर जनतासँग संवाद, जनताको समस्या बुझ्ने प्रमुख विषय हो, तर अहिलेसम्म कोही पनि नेताले त्यस्तो गरेका छैनन्,’ उनले भनिन्, ‘अब मत दिँदा धेरै सोचेर दिनुपर्ने भयो, जनताको मुद्दालाई प्राथमिकता दिने नेतालाई जिताउनुपर्छ ।’


बेनी नगरपालिका–६ बाँस्कोटका लालबहादुर बानियाँ चुनाव अगाडि हात जोडेर भोट माग्न आउने नेता चुनाव जितेपछि फर्किएर नआएको गुनासो पोखे । गाउँमा व्यवस्थित सडक, रोजगार र राम्रो विद्यालयको अभाव रहेको उनको भनाइ छ । अब झुटो आश्वासन दिने उम्मेदवारलाई भोट नदिने बानियाँले बताए । उनले भने, ‘अहिलेसम्म धेरै वटा निर्वाचनमा भोट हाले । तर ती मेरा मत एक थान सांसद बनाउनमा मात्रै सीमित भए । हाम्रा भोटले जितेका नेता माथि पुगे जनताको अवस्था, ज्यूँका त्यूँ छन् । हाम्रो अवस्था फेरिने कहिले ? कसले फेर्छ ? चुनावका बेला पुरा नहुने आश्वासन मात्रै दिए । भोट पाएपछि हराए ।

Leave a Comment