मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको आशंकामा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट नगद सहित नेपाली कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन् । लोमान्थाङ गाउँपालिकातर्फ जादै गरेका लोमान्थाङ–५का पुर्व वडाध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडी बाट ५ लाख बरामद भएपछि छानविन नगरी निर्वाचन प्रक्रियामा सहभागि नहुने नेकपाका नेता धिरेन्द्र ल्वागुनले बताए । नगदसहित सवारीसाधन नियन्त्रणमा लिइएको अवस्थामा पैसा वितरणमा संलग्नलाई थप कारवाहीको माग गदैं नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी,,राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका ७ दलका उम्मेदवारले छानविनको माग गदैं आन्दोलनमा होमिएपछि मौन अवधिमा मुस्ताङ अशान्त भएको छ ।
नेकपाका नेता ल्वागुनले मौन अवधिमा निर्वाचनलाई प्रभावित बनाउन आर्थिक चलखेल गरिएकाले तत्काल छनविन सहित संलग्नलाई नियन्त्रणमा लिएर कारवाहीको सुनिश्चितता नहुदाँसम्म निर्वाचनको प्रक्रियामा सहभागि नहुने बताए । उनले मतदातालाई आर्थिकमा खरिद बिक्री गर्ने कार्यलाई तत्काल रोक्नुपर्ने बताए । आर्थिक चलखेलमा संलग्नलाई कारवाही नगरेसम्म निर्वाचन प्रक्रिया अगाडी बढाउन नदिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । आर्थिक चलखेलको आरोपका बारेमा नेपाली कांग्रेस मुस्ताङले आफ्नो धारणा सार्वजनिक गरेको छैन ।
मतदानको दुई दिन अगाडी मुस्ताङमा दलहरु नै आन्दोलित भएपछि निर्वाचनको वातावरणमा असर गरेको छ । मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेबाट इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ,राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली,आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार छन् ।













