---Advertisement---

१०१ वर्षीय वृद्धले रि बहादुर छन्त्याल गर्नुभयो मतदान

On: March 5, 2026 9:24 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका सतक पार गर्नुभएका एक बृद्धले मतदान गर्नुभएको छ । विहान रितुङ मावि दुलेखर्कमा रहेको मतदान केन्द्रमा पुगेर १०१ बर्षिय रि बहादुर छन्त्यालले परिवारको सदस्यको सहयोगमा मतदान गर्नुभएको हो । मतदान अधिकृत अमृत सुबेदीका अनुसार गाउँकै सबैभन्दा जेष्ठ नागरिक छन्त्यालले मतदान गरेपछि मतदान प्रक्रिया सुरु भएको बताउनुभयो । ‘‘शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ, मतदाता लाइनमा बसेर मतदान गरिरहनुभएको छ’’ मतदान अधिकृत सुबेदीले भन्नुभयो ।


यस मतदान केन्द्रमा ८ सय २४ मतदाता रहेका छन् । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, महिला, अशक्तहरुलाई प्राथमिकता दिइएको छ । म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ ।

एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता छन् । महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेकोमा एक यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Comment