---Advertisement---

म्याग्दीमा मतगणना सुरु

On: March 6, 2026 9:22 AM
Follow Us:


एकमात्रै प्रतिनिधिसभा रहेको म्याग्दीमा मतगणना सुरू भएको छ। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपेटिका संकलन भएपछि शुक्रबार विहान बसेको सर्वदलीय बैठकपछि धवलागिरी गाउँपालिका वडा नं १ गूर्जा र वडा नं २ लुलाङबाट मतगणना सुरु भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा दुई सिफ्टमा मत गणना थालिएको छ ।


धवलागिरी गाउँपालिकाको मतगणना सकिएपछि अन्य पालिकाको निरन्तर सुरु हुने मुख्य निर्वाचन अधिकृतको सुर्यबहादुर थापाले बताए । म्याग्दीमा २५ हजार ११८, पुरुष २१ हजार ७७४ सय १० र अन्य १ जना गरी कुल ४६ हजार ८९३ मत खसेको थियो । पश्चिम म्याग्दीमा धवलागिरी, मालिका, मंगला गाउँपालिका हुदै बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको मतगणना हुने छ । म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्रमा कुल ८६ हजार ३९७ मतदाता रहेका थिए । म्याग्दीमा राजनीतिक दल सहित स्वतन्त्र गरी १२ जना उम्मेदवार रहेका छन् ।

Leave a Comment