म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो फराकिलो अग्रतालाई कायम राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार धवलागिरी, मालिका गाउँपालिकाका सबै वडाको मतगणनासँगै मंगला गापा वडा नं १ कुहुँ, वडा नं २ बावियाचौर र वडा नं ३ बरंजाको मतगणना सम्पन्न हुदाँसम्म स्वतन्त्र उम्मेदवार पुनले ७७ सय ८७ मत, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३ हजार ५६ मत, नेकपाका अर्जुन थापाले १९ सय ९३ मत र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले १९ सय २६ मत प्राप्त गर्नुभएको छ । हालसम्म १३ हजार ७ सय २२ मत गणना सम्पन्न भएको छ ।
अब पश्चिम म्याग्दीमा मंगलाको वडा नं ४ र ५ गणना गर्न बाँकी रहेको छ। स्वतन्त्र उम्मेदवार पुनको अग्रता निकै फराकिलो हुदैछ । पश्चिम म्याग्दीमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाको बलियो पकट मानिएको दावी गरिएका क्षेत्रबाटै स्वतन्त्र उम्मेदवारलाई भारी मत खसेको छ । ंमंगला गाउँपालिकापछि बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको गणना गरिने छ । म्याग्दीमा कुल ४६ हजार ८९३ मत खसेको थियो









