प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशिल खड्का निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका अनुसार खड्काले २० हजार ९२७ मत ल्याएर विजयी हुनुभएको हो । खड्का ८ हजार ९८३ बढी मतान्तरले विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका भिमबहादुर श्रीस रानाले ११ हजार ९४४ र नेकपा एमालेका हिरा बहादुर केसीले ८ हजार ६४० मत ल्याउनुभएको छ ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत प्राप्त गर्नुभएको छ । यस्तै, एक हजार ८७१ मत बदर भएको छ । ९५ हजार ३३५ जना मतदाता रहेको बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ४८ हजार ९३२ मत खसेको थियो ।













