म्याग्दी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन १४ हजार ९ सय ३१ को फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ। जिल्ला समन्वय समितिको सभाहलमा शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामा निर्वतमान शिक्षामन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो ।

स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले ६ हजार ६ सय ७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार पाँच सय ३० मत प्राप्त गर्नुभएको छ । म्याग्दीमा राजनीतिक दलले आफ्नो पकट मानेका वडाबाट समेत धेरै मत खोसेपछि महावीरले सुरुवातदेखि नै अग्रता लिनुभएको थियो ।

म्याग्दीको ४५ वडामध्ये नेपाली कांग्रेसले ४ वटा वडा र नेकपा एमालेले २ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा अग्रता लिएपनि बाँकी सबै वडामा महावीर पुनले नै फराकिलो मतले पछाडी पार्नुभएको थियो । निर्वाचित पुनलाई मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायत सुरक्षा समिति, निर्वाचन अधिकारी सहितको टोलीको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको थियो । यसैबीच प्रतिस्र्धी नेकपा एमालेका श्रेष्ठ र नेकपाका उम्मेदवार अर्जुन थापाले सामाजिक सञ्जाल र नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले भेटेरै बधाई दिनुभयो । बिजेता पुनले एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

यसैबीच पुनले आफ्नो विजय नभई जिम्मेबारी भएकाले सबै सँग मिलेर काम गर्नुपर्ने भएकाले कुनै किसिमको विजय ¥याली नगर्ने समेत निर्देशन दिनुभएको छ । गाउँबाट खुसीयाली साट्ने समय र पैसाको खर्च नगर्ने समेत अनुरोध गरेको छ ।

आफ्नो शिक्षा सम्बन्धि माग पूरा, सुशासन र भ्रष्टाचारको अन्त्यका लागि काम नै प्रमुख जिम्मेबारी भएको बताउनुभयो रास्वपालाई काम गर्नका लागि जनताले उल्लेख्य मत दिएको अवस्थामा समस्या समाधान पहिलो आवश्यकता रहेको बताउनुभयो । ‘यो मत मलाई उत्सव मनाउन होइन, काम गर्न दिएको मत हो, फोटो खिच्न आउनुहोला, अबिरजात्रा होइन ।’’ जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।









