बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको अन्तिम मतपरिणाम शनिवार बिहान सार्वजनिक भएको हो । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सार्वजनिक गरिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ ।
म्याग्दीमा अन्य उम्मेदवारहरुको तुलनामा पुनले दोब्बर भन्दा पनि धेरै मत पाउनुभएको छ । यसपटकको निर्वाचनमा एकजना स्वतन्त्रसहित १२ जना उम्मेदवारहरु म्याग्दीको चुनावी मैदानमा रहेका थिए । अहिलेको निर्वाचनमा जिल्लाभर कुल ८६ हजार ३ सय ९७ जना मतदाता रहेकोमा यसपटक जम्मा ४६ हजार २ सय १५ अर्थात् ५३ दशमलव ०५ प्रतिशत मात्रै मत खसेको थियो ।
क्र.सं. राजनीतिक दल उम्मेदवार मत संख्या
१. स्वतन्त्र महावीर पुन २२,८५०
२. नेकपा एमाले हरिकृष्ण श्रेष्ठ ७९१९
३. नेपाली कांग्रेस कर्णबहादुर भण्डारी ६६७६
४. नेपाली कम्युनिष्ट पार्टी अर्जुनबहादुर थापा ३५२९
५. राष्ट्रिय स्वतन्त्र पार्टी युवराज रोका १५३०
६. राष्ट्रिय प्रजातन्त्र पार्टी डम्भरबहादुर सुवेदी २५२
७. नेकपा (माओवादी) क्षेत्रबहादुर घिमिरे १८५
८. श्रम संस्कृति पार्टी विनोद राना १२७
९. लोकतान्त्रिक समाजवादी पार्टी देवेन्द्र कामी ३८
१०. नेशनल रिपब्लिक नेपाल तुलप्रसाद गर्बुजा २७
११. राष्ट्रिय जनमोर्चा छेमबहादुर विक २२
१२. मंगोल नेशनल अर्गनाईजेशन भीमबहादुर लामा ५










