---Advertisement---

बाउँको विढो थाम्दै योगेश गौचन

On: March 9, 2026 8:26 PM
Follow Us:

नेपाली काग्रेसले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणनाको प्रारम्भीक नतिजामा नेपालको राजनीतिक इतिहासमै पहिलोपटक कमजोर अवस्थामा पुग्दा हिमालपारीको जिल्ला मुस्ताङबाट ३३ बर्षिय यूवा योगेश गौचन थकालीले बिजयको सुरूवात गरेका थिए । देशभर नेपाली कांग्रेसका लागि पहिलो खाता नै योगेशले खोले ।


प्रतिनिधिसभा सदस्य गौचन थकालीले भने,‘‘मेरो यो जित अधुरा कामलाई पूर्णता दिन मुस्ताङी जनताको उपहार हो, टिकट दिएर पठाउने पार्टीका लागि थप जिम्मेबारी पनि हो ।’’ उनले मनोनयन दर्ता गरी भारतमा उपचारार्थ दिदीको हेरचाहका लागि अस्पतालमा बसेर फर्किएको करिब एक सातामात्रै चुनावी अभियानमा घरदैलोमा पुगेपनि मतदाताको साथ र सहयोगले विजय भएको बताए ।

बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुस्ताङको प्रवेशद्धार घाँसादेखि तिब्वतको सिमाना कोरला नाकासम्म पुगेर प्रचार–प्रसारको क्रममा मतदाताको समस्यालाई समाधान तथा दिर्घकालिन योजनाहरूलाई पूर्णता दिने गरी अभियान सुरू गर्नुपर्ने पहिलो काम भएका गौचन थकालीको भनाई छ । प्रतिनिधिसभा सदस्य गौचनले कोरला नाकामा भौतिक पूर्वाधार,अन्तरदेशीय सहज आवतजावत, सडक, कृषि, पर्यटन तथा जलवायु परिवर्तनका कारण स्थानीयले भाोग्नुपरेको समस्यालाई समाधान गर्ने बताए ।


उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका जोमसोम–कोरला १ सय १० किलोमिटर सडकखण्डको बाँकी कालोपत्रेको ढिलासुस्तीलाई हटाउने, धार्मिक र पर्यटनका लागि कोरला नाकाबाट तिब्वत यात्रालाई सहज, उपल्लो मुस्ताङमा जाने विदेशी पर्यटकलाई लिने शुल्क मिनाह तथा उपल्लो मुस्ताङमा रहेको निषेधित क्षेत्र हटाउनका लागि विगतमा गरेको प्रयासमा सफलता मिलेपनि पूर्णता नभएकाले अब थप सक्रियता देखाउने बताए । मुस्ताङ जिल्लामा कृषि, पर्यटन, पशुपालनसँगै सहासिक पर्यटनका लागि समेत विश्वको उत्कृष्ट स्थान बनाउने गरी पूर्वाधारमा समेत प्राथमिकता दिने बताए । मतदातालाई आफ्नो समस्या समाधानसँगै कानून बनाउन समेत सक्रिय हुने बताए ।


बाउँको विढो थाम्दै योगेश गौचन
बि.स २०७९ सालमा प्रतिनिधिसभाकै कान्छो उम्मेदवारको रूपमा संसदमा प्रवेश गर्नुभएका गौचनलाई मुस्ताङबासीले थोरै मतदातामा पनि प्रतिस्पर्धीसँग मतान्तर समेत बढाएका छन् । ३ हजार ९९२ मत प्राप्त गरी विजय हुदाँ नेकपा एमालेका उम्मेदवार नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८ सय ६ मत प्राप्त गरे । बालबालिकादेखि बृद्धबृद्धासम्म घुलमिल हुने स्वभावका गौचनले पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीको राजनीतिक यात्रालाई निरन्तरता दिए ।


यसपटक पार्टीका जिल्ला सभापति समेत रहनुभएका पूर्वमन्त्री गौचनले छोराको विकल्पमा पार्टीका विभिन्न तहका नेताहरूलाई उम्मेदवार बनाउने प्रयास गरेपनि तयार ननभएपछि नेपाली कांग्रेसबाट समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति क्लस्टरको दोस्रो नम्बरमा नाम रहेको नाम हटाएर गौचनले छोरा योगेशलाई नै टिकट दिएका थिए । मुस्ताङमा नेपाली कांग्रेसभित्र साढे दशकदेखि एकछत्र राज गर्दै आइरहेका गौचन थकालीले छोरालाई उम्मेदवारी मात्रै होइन देशभर ओरालो लागेको कांग्रेसको नतिजालाई यसपटक पहिलो राहतको सन्देश समेत दिन सफल भए ।

छोरालाई विद्यार्थी राजनीतिबाट संसदीय यात्रामा पु¥याउने रोमी बि.स २०५६ र २०७० सालमा चुनाव जितेका र मन्त्री भएपनि पार्टीबाट उम्मेदवार भएर बि.स ०७४ मा चुनाव हारेपनि मुस्ताङका नतिजा आफ्नो पोल्टामा पार्न गौचनलाई जित्ने जिल्लामा नेताहरू छैनन्। प्रतिनिधिसभामा निर्वाचित भएपछि योगेशले भने,‘‘बुवाको सपना पूरा गर्न राजनीतिमा जोडिएको छु, विकासप्रेमी गतिविधिबाट प्रभावित भएर जनताको सेवक बन्न आएको छु ।’’ बेनी–जोमसोम कोरला सडक, कोरला भन्सार सहित जिल्लाभित्र विकास निर्माण, भौतिक पूर्वाधारमा बुबाले गरेको काम र बाँकी अधुरा योजनालाई पूर्णता दिने गौचनको भनाई छ ।


निर्वाचति सांसद गौचनले भन्नुभयो,‘‘अघिल्लो कार्यकाल पूरा हुन गर्न सकिन, यसपटक मैले बाँकी कामलाई पूर्णता दिने गरी अगाडी बढ्ने छु ।’’ विद्यार्थी राजनीतिबाट आउनुभएका योगेशले पूर्वाधार, धार्मिक पर्यटन, कोरला नाकाबाट सहज आवतजावत सहित दर्जनभन्दा धेरै योजनामार्फत मुस्ताङबासीको समस्या समाधान गर्ने योजना बनाएको बताए ।

भारतमा भारतबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट पूरा गरी नेपाल फर्किएपछि बाबुले देखाएको बाटो र आशिर्वाद लिएर राजनीतिमा होमिएका गौचनले राजनीतिलाई ब्यवसाय नभई सेवाको रुपमा प्रयोग गरी इमानको राजनीतिलाई सधै साथमा लिएर हिड्ने बताए ।

Leave a Comment