---Advertisement---

समानुपातिकमा रास्वपाले कटायो ४० लाख मत : पाँचौँ हुन श्रम संस्कृति र राप्रपाबिच कडा टक्कर

On: March 9, 2026 11:59 AM
Follow Us:

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निकै ठूलो अग्रता कायम गरेको छ। 

कुल ८२ लाख ९३ हजार ६३ मत गणना हुँदा रास्वपाले अन्य स्थापित दलहरूलाई निकै भारी मतान्तरले पछाडि पारेको देखिन्छ।

अहिलेसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४० लाख ३ हजार ५६१ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको छ। यो सङ्ख्या कुल गणना भएको मतको झन्डै आधा जति हुन आउँछ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ४८ हजार १०० मत पाएको छ। नेकपा (एमाले) ११ लाख ४१ हजार ५४५ मतका साथ तेस्रो स्थानमा छ। यी दुई पुराना दलहरू रास्वपाको तुलनामा निकै पछाडि देखिएका छन्। 

यस्तै, नेपाली कम्युनिष्ट पार्टी ५ लाख ८६ हजार ९५७ मतसहित चौथो स्थानमा छ।

यस पटकको निर्वाचनमा नयाँ र साना दलहरूले पनि उल्लेख्य मत बटुलेका छन्। श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ९१० मत प्राप्त गर्दै आफूलाई बलियो रूपमा प्रस्तुत गरेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ७४ हजार ८६४ मत पाएको छ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले १ लाख २३ हजार २९२ मत प्राप्त गर्दा राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १७ हजार ७२६ मत ल्याउन सफल भएको छ। नागरिक 

Leave a Comment