म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रि«यका निर्वतमान अध्यक्ष ददीवल खड्का गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार घर भई हाल जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक, व्यावसायिक तथा एनआरएन लगायत नेपाली आवद्ध संस्थाको अभियानमा सक्रिय रहँदै आउनुभएका समाजसेवी तथा व्यवसायी खड्काले विदेशमा बसोबास गर्ने नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवद्र्धन र विश्वभर फैलिएको नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यका साथ आफुले २०२५–२७ कार्यकालका लागि खड्काले आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो ।
जापानस्थित नेपाली समुदायमा सक्रिय र परिचित व्यक्तित्वका रूपमा चिनिनुहुने खड्काले आफूलाई एनआरएनए अभियानको “सक्रिय अभियन्ता” का रूपमा प्रस्तुत गर्दै संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने बताउनुभयो । एनआरएनए अभियन्ता खड्काका अनुसार, एनआरएनए केवल विदेशमा बस्ने नेपालीहरूको संगठन मात्र नभई नेपाल र विश्वभर रहेका नेपालीहरूबीच सम्बन्धको माध्यम भएकाले विश्वभरका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
जापानमा रहेका संघसंस्थादेखि एनआरएनएमा लामो समयदेखि आवद्ध रहनुभएका खड्काले जापानमा आयोजना हुने नेपाल फेस्टिवल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान, विपद् राहत सहयोग तथा समुदायिक कार्यक्रमहरूलाई सफल बनाउन निरन्तर सक्रिय हुने गर्नुभएको छ । समाजसेवी व्यक्तित्वको रुपमा परिचित खड्काले विभिन्न अवसरमा विदेशमा रहेका नेपालीहरूले आफू बसेको देशमा मात्र होइन, मातृभूमि नेपालको विकासमा पनि योगदान गर्नुपर्ने धारणा व्यक्त गर्दै आउनुभएको छ ।













