---Advertisement---

महावीरले पुस्तक बेच्दा पोखराका मेयर आचार्यको असन्तुष्टी

On: March 11, 2026 10:20 AM
Follow Us:

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन्। मेयर आचार्यले सडकमा यसरी अनुमतिबिना पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत हुने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका छन्।


आचार्यले सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ हुने र त्यो उचाइलाई नसुहाउने मेयरको भनाइ छ । मेयर आचार्यले आफ्नो सामाजिक सञ्जालबाट ब्यक्त गरेको भनाईको तिब्र असन्तुष्टी जनाइएको छ । पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान र सादगीपनको उच्च प्रशंसा गरेका मेयर आचार्यले फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम सांसदलाई पनि लाग्ने मेयर आचार्यको तर्क छ ।

दर्ता र आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा पनि जटिल हुन सक्ने स्मरण गराएका छन्।
मेयर आचार्यले पुनलाई पोखरा आउन निमन्त्रणा गर्दै देशभरका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत किताब बेच्न सकिने विकल्प प्रस्तुत गरेका छन्। मेयर आचार्य समेत पुस्तक ब्यवसायी हुन् ।

Leave a Comment