यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका निम्ति भर्ना गरिएका प्रहरी आफ्नो सेवा अवधि पूरा गरेर बिदा भएका छन् । बिहीबार (फागुन २८) निर्वाचन प्रहरीलाई बिदाइ गरिएको हो ।
बुधबार (फागुन २७) निर्वाचनको सबै मतगणना सकिएको थियो । ४० दिनको निर्वाचन सुरक्षापश्चात् उनीहरूलाई बिदाइ गरिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेका अनुसार, नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरेका थिए ।
४० दिनको सेवाबापत उनीहरूलाई सरकारले प्रतिव्यक्ति ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई धन्यवादसहितको प्रमाणपत्र पनि उपलब्ध गराइएको छ ।








