---Advertisement---

‘भलिबल खेलाडी उत्पादन गर्न ब्यवस्थित कभर्ड हल चाहिन्छ’: क्याप्टेन शाही

On: March 12, 2026 10:19 PM
Follow Us:


राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीले भलिबल खेलका लागि ब्यवस्थित कभर्ड हलको आवश्यकता पर्ने बताउनुभएको छ । प्रतिभाशाली खेलाडीको पहिचानसँगै नियमित अभ्यासका लागि आवश्यक पर्ने पूर्वाधारको अभावका कारण क्षमतामा असर गरेको बताउँदै क्याप्टेन शाहीले खेल क्षेत्रको विकासका लागि पूर्वाधार र अवसर सँगसँगै लैजानुपर्ने बताउनुभयो

‘भलिबल क्षेत्रमा धेरै सम्भावना भएका खेलाडीलाई पूर्वाधार नहुदाँ पलायन हुनुपर्ने अवस्था छ, अब म्याग्दीमा बन्ने कभर्डहलबाट नयाँ खेलाडीलाई सहज हुने छ’ क्याप्टेन शाहीले भन्नुभयो । जिल्ला भलिबल संघ म्षाग्दीले बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलको जग्गामा स्थलगत रुपमा पुगेर क्याप्टेन शाहीले धौलागिरी क्षेत्रका खेलाडीलाई नै प्रशिक्षण सहित नियमित प्रतियोगितामार्फत पर्यटन प्रर्वधन समेत गर्न सकिने बताउनुभयो । भलिबल लगायतका खेलमार्फत म्याग्दीमा खेल पर्यटन प्रर्वधनमा समेत सघाउने क्याप्टेन शाहीको भनाई थियो ।


कभर्डहलका लागि आवश्यक पर्ने फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजनासहित अहिले आर्थिक संकलन अभियान सञ्चालन भइरहेको अवस्थामा क्याप्टेन शाहीले अवलोकन गरेपछि आर्थिक जुटाउन समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकाो संघका महासचिव कुमार किसानले बताउनुभयो । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिने भएकाले तत्काल जग्गाका लागि आर्थिक आवश्यकता रहेको महासचिव किसानको भनाई छ ।


राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन शाही, कमला पुन सहित राष्ट्रि«य तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा गर्ने गरी अभियान सुरू भएको अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । कभर्डहल निर्माणका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकार र जिल्लावासीबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष बानियाँको भनाई छ ।


हाल बेनी नगरपालिकाले उपलब्ध गराएको बजेटबाट एसइई दिएपछि खेलाडीलाई प्रशिक्षण दिन योजना भइरहेको बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । कभर्ड हल नजिकै रहेको सार्वजनिक चौतारी आसपासका क्षेत्रलाई थप सौन्दर्यकरण गरिने बेनी नगरका प्रबक्ता समेत रहनुभएका श्रेष्ठको भनाई छ ।

कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ । भलिबल संघको आफ्नै जग्गा नहुदाँ संरचना बनाउन सरकारी बजेटको सुनिश्चिततामा समस्या भइरहेको छ ।

Leave a Comment