---Advertisement---

चन्दाबाट बचेको पैसाले सम्पर्क कार्यालय खोलेर दुई जना कर्मचारी राखेर सेवा दिन्छु : महावीर पुन

On: March 13, 2026 9:15 PM
Follow Us:

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार महावीर पुनले चुनावमा ५६ लाखभन्दा बढी चन्दा सहयोग गरिएको छ । स्वदेश तथा विदेशबाट शुभचिन्तकले राष्ट्रिय वाणिज्य बैंकमा ५६ लाख ३७ हजार ८ सय ९३ रुपैयाँ सहयोग गरेका हुन् । उक्त सहयोगबाट २८ लाख ६८ हजार ८६८ रुपैयाँ चुनावी खर्च गरी साढे २७ लाख रुपैयाँभन्दा बढी बचत भएको सार्वजनिक गरेका छन् । निर्वाचन आयोग पेस गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरेका पुनले दाताले चन्दा दिएको २७ लाख ६९ हजार २५ रुपैयाँ रहेको छ ।


उक्त बचत भएको आर्थिकले आफ्नो पाँचबर्षे कार्यकालमा म्याग्दीको सदरमुकाम बेनीमा सम्पर्क कार्यालयबाट जनताको सेवाका लागि काम गर्न, विभिन्न कार्यालयहरुमा पुगेर सेवा दिनका लागि सहयोग गर्ने स्वयंमसेवकलाई खर्च गरिने सामाजिक सञ्जालबाट ब्यक्त गरेका छन् । सांसद पुनले चुनावी खर्चबाट बचत भएको आर्थिकको विवरण सार्वजनिक गदैं सम्पर्क कार्यालयमा दुईजना कर्मचारी, कम्प्युटर, फोटोकपी मसिन, प्रिन्टर राखेर चुनावको समयमा गरेको बाचा पूरा गर्ने बताए ।


आफ्नो चुनावी खर्चका बारेमा अनावश्यक टिप्पणी र विभिन्न नेताहरुसँग तुलना गर्न थालेपछि सुगम र दुर्गम क्षेत्रको चुनावी अभियान फरक हुने सांसद पुनको तर्क छ । सांसद पुनले चुनावी अभियानमा कुल ४५ दिनसमम १० देखि १६ जनाको टिमलाई म्याग्दीको गूर्जा बाहेक ४४ वडामा दुई पटकसम्म घुमेर प्रचारप्रसार गरेको बताउँदै विश्वास नलागे आफै घुमेर हेर्न समेत ब्यंख्य गरेका छन्। सांसद पुनको कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्चमा होटेलमा बास र खानामा १३ लाख सात हजार ६१९ भएपछि धेरैले चासो देखाएको भन्दै म्याग्दी जिल्ला दुर्गम भएको खर्च नलुकाई सार्वजनिक गरेको सचिवालयले जनाएको छ ।

Leave a Comment