---Advertisement---

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा छन्त्यालको उम्मेदवारी

On: March 13, 2026 9:47 PM
Follow Us:

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीका मनमोहन बुढाथोकी छन्त्यालले केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिएका छन् । यही चैत ५ र ६ गते काठमाडौंमा हुने महाविधेशनमा म्याग्दीको मालिका गाउँपालिका–४,का छन्त्यालले उम्मेदवारीको घोषणासँगै आदिवासी जनजातिको उत्थान, प्राचिन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका लागि काम गर्ने बताए।

नेपाल छन्त्याल संघको दुई कार्यकाल केन्द्रिय अध्यक्ष हुनुभएका उहाँले आदिवासी समुदायका लागि धेरै योजनासहित काम गर्ने गरी उम्मेदवारी दिएकाले सहयोगका लागि अनुरोध गरेका छन् । ‘यसपटक मलाई सहयोग गर्न सम्पूर्ण प्रतिनिधिलाई एजेण्डा सहित अनुरोध गरेको छु, हामीले महासंघको शीर उच्च बनाउनुपर्छ ।’ अध्यक्षमा प्रत्यासी छन्त्यालले भने । उनले सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषय नै आफ्नो मुख्य एजेण्डा रहेको बताए ।


महाधिबेशको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने कार्यक्रम रहेको महासंघले जनाएको छ । महाधिबेशनले अध्यक्ष सहित २१ जनाको सचिवलय गठन निर्वाचित गर्ने छ । महासंघको बिधान अनुसार अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (महिला ३ अनिवार्य), महासचिव १, उपमहासचिव १, विभागीय÷विषयगत सचिव ८ (महिला ४ अनिवार्य) र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी २१ जना निर्वाचित गर्ने प्रावधान छ ।

नेपाल आदिवासी जनजाति महासंघमा ५६ जातीय संस्थाले संगठन सदस्यता प्राप्त गरेका छन् । महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ तय गरिएको छ

Leave a Comment