आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा अष्टेलियामा रहेका एक म्याग्देलीले बाल गृहका बालबालिकालाई पोशाक सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन घर भई हाल मोना क्किन्सल्यान्डका अध्यक्ष रमेश रोकाले बालगृहमा रहेका ७ जना बालबालिका र आयालाई १५ हजार बराबरको गर्मी मौसममा लगाउन मिल्ने कपडाको सेट सहयोग गरेका हुन् ।
विगतमा समेत विभिन्न क्षेत्रमा सहयोग गरी जन्मदिन गरेका रोकाले यसपटक बालगृहका बालबालिकालाई सहयोग गरेको बताए । हरेक बर्ष जन्मदिनको अवसरमा फजुर खर्च नगरी सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने रोकाले बताए । ‘‘जन्मदिनमा हरेक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छु, यो कार्यलाई आगामी दिनमा पनि निरन्तर दिन्छु ।’’ रोकाले भने । अष्टे««लियामा म्याग्देली सहित विभिन्न संघसंस्थामा आवद्ध रोका गितसंगीतको क्षेत्रमा समेत सक्रिय छन् ।










