---Advertisement---

पुन मगर समाज अन्नपूर्णको नयाँ नेतृत्व चयन

On: March 15, 2026 8:20 PM
Follow Us:

नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा टकबहादुर पहरे पुन मगर चयन हुनुभएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतवार सम्पन्न प्रथम पालिका अधिवेशनबाट सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्षमा बोमाया गर्बुजा पुन मगर, सचिबमा सुकबहादुर गर्बुजा पुन मगर, सहसचिबमा गंगा बहादुर पुन मगर र कोषाध्यक्षमा गेममाया पुन मगर चयन हुनुभएको छ । 

समितिको सदस्यहरुमा प्रेमबहादुर रञ्तिजा पुन मगर, फुल बहादुर गर्बुजा पुन मगर, पुर्ण बहादुर बुढाथोकी पुन मगर, माया कुमारी पुन मगर, टकमाया पुर्जा पुन मगर, हिरादेवी पुर्जा पुन मगर चयन हुनुभएको छ भने दुई सदस्य समितिको पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ । अधिवेशनको शनिवार नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुन मगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले उद्घाटन गर्नुभएको थियो ।

Leave a Comment