गैरआवासीय नेपाली संघ ९एनआरएनए०को १२औं महाधिवेशनबाट पदाधिकारीमा म्याग्दीबाट दुई जना निर्विरोध चयन हुनुभएको छ। काठमाण्डौमा सम्पन्न भएको महाधिवेशनमा खुल्लातर्फको उपाध्यक्षमा म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका निर्वतमान अध्यक्ष ददीवल खड्का, महिला उपाध्यक्षमा मोना अन्तराष्ट्रियकी पूर्व उपाध्यक्ष राधिका गुरुङ ‘टिका’ चयन हुनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घार घर भई हाल जापानमा रहनुभएका खड्काको रेष्टुरेन्ट सहित कम्पनी रहेका छन् । जापानमा रहेका नेपाली ब्यवसायीहरुका छाता संस्था सहित विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । जापानमा रहेका नेपालीलाई समस्यामा परेमा उद्धार तथा नेपालमा समेत सामाजिक क्षेत्रमा खड्काले बर्षेनी सहयोग गर्ने गर्नुभएको छ ।
त्यसैगरी बेनी नगरपालिका–७, बिरेन्द्रचोककी गुरूङ हङकङ र कमाउमा रियल स्टेट ब्यवसाय रहेको छ । झन्डै ३ दशकदेखि हङकङमा बस्दै आएकी गुरुङले दुई कार्यकाल एनआरएनए हङकङको अध्यक्ष, १० औँ र ११औँ महाधिवेशनबाट दुई कार्यकाल गुरुङले महिला सचिव हुनुभएको थियो ।
महाधिवेशनबाट उपाध्यक्षमा निर्विरोध चयन गरेपछि धन्यवाद दिदैं खड्काले आफ्नो क्षमताले भ्याएसम्म संस्थागत गतिविधिमा सक्रिय हुने बताउनुभयो ।त्यसैगरी महिला उपाध्यक्ष गुरूङले एनआरएनमार्फत महिलाको हक, अधिकार र सशक्तीकरणका लागि थप काम गर्ने बताउनुभयो । एनआरएनएको नेतृत्वमा पुग्न सक्ने क्षमता भएका दुई ब्यक्तित्व पदाधिकारीका पुगेकाले उहाँहरुमार्फत मोनाको संस्थागत गतिविधिमा समेत सहयोगको अपेक्षा गरिएको मोना आइइसीका अध्यक्ष मिम पुर्जाले बताउनुभयो ।











