गरिमा विकास बैंक बेनी शाखाले ग्लोबल मनि विकको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गरेको छ । वित्तिय साक्षरता कार्यक्रममा ग्लोबल मनि विकका बारेमा बैंकका क्षेत्रीय प्रबन्धक कमलप्रसाद ढुंगानाले विद्यार्थीलाई सहजीकरण गर्नुभएको थियो ।
सोही अवसरमा क्षेत्रीय प्रबन्धक ढुंगानाले खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा,डिजिटल सेवा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराउनुभएको बैंकका कर्जा शाखाका कर्मचारी सुर्य गौतमले जानकारी दिनुभयो । ८० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्रमुख श्रीधर सुबेदी, सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

शाखा प्रबन्धक ओमप्रकाश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा गरिमा विकास बैंकले गरेका सामाजिक उत्तरदाहित्व अन्तरगतका गतिविधिका बारेमा समेत जानकारी गराइएको थियो । गरिमाको म्याग्दीमा बेनीबजार, बावियाचौर, दरबाङ, पोखरेबगर गरी चार शाखाबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।









