---Advertisement---

ग्लोबल मनि विकको अवसरमा प्राईम कमर्सियल बैंकको वित्तिय साक्षरता कार्यक्रम

On: March 19, 2026 9:54 PM
Follow Us:

प्राईम कमर्सियल बैंक बेनी शाखाले बेनी नगरपालिका-९ गलेश्वर बजारमा रहेको गलेश्वर आर्दश माविमा ग्लोबल मनि विकको अवसरमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत आयोजित कार्यक्रममा शिक्षक र विद्याथीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्राईम बैंकका बचत तथा कर्जा योजना, वित्तीय कारोबारको महत्व, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा रेमिट्यान्स, पारिवारिक बजेट तथा योजना लगायतका बारेमा जानकारी गराइएको थियो । बैंकका कर्मचारी शिबप्रसाद सुबेदी, नविना केसीले सहजीकरण गनुभएको थियो । विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमले वित्तिय पहुँच र शिक्षालाई सहज बनाएको विद्यालयका प्रिन्सिपल खगेन्द्र जिसीले बताउनुभयो ।

विद्यार्थीको फजुल खर्च न्यूनिकरण गदैं बचत गर्ने बानीको विकास गर्न वित्तिय साक्षरताले सघाउने प्रिन्सिपल जिसीको भनाई छ । बैंकले यसअगाडी जिल्लाका विभिन्न स्थानमा विद्यार्थी लक्षित कार्यक्रम समेत सञ्चालन गरेको थियो । बैंकले वित्तिय साक्षरता कार्यक्रम सहित सहयोग समेत गरेको थियो भने ज्येष्ठ नागरिक, अपाङ, असायको सेवासुविधाका लागि सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत उपलब्ध गराउने वडामै पुगेर वितरण गर्ने गरेको छ ।

Leave a Comment