उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था शाखा कार्यालय मल्लाजले ग्लोबल मनि विकको अवसरमा जलजला गाउँपालिका–७,धाईरिङस्थित श्री कृष्ण भवन धर्म माविका शिक्षक र विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गरेको छ। वित्तिय साक्षरता कार्यक्रममा ग्लोबल मनि विक तथा वित्तिय साक्षरता कार्यक्रमको सहजीकरण शाखा प्रबन्ध टिकाराम रिजालले सहजीकरण गर्नुभएको थियो ।

प्रबन्धक रिजालले समुहगत लगानी, धितोमा कर्जा प्रवाह, बिमा, रेमिस्टान्स, ब्यवसाय प्रर्बधन, सामाजिक उत्तरदाहित्व, समुहगत लगानीका फाइदा लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा बचत गर्ने बानीको विकासका बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।

विद्यालयका प्रधानध्यापक सुमन शर्माले विद्यार्थीमार्फत अभिभावकलाई फाइदाजनक भएको बताउनुभयो । विद्यार्थीले समेत फजुल खर्च न्यूनिकरण तथा स्वदेशमै रोजगार सिर्जना गर्न सकिने बारेमा प्रअ शर्माको भनाई थियो । सोही अवसरमा कक्षा ११ का विद्यार्थी पूर्णिमा आचार्य, कक्षा १२ का बिजय पुनले वित्तिय ज्ञान निकै फलदायी रहेको बताउनुभयो । कार्यक्रममा ४२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।











