कुमारी बैंक लिमिटेड बेनी र बागलुङ शाखाले ग्लोबल मनी विकको अवसरमा सदरमुकाम बेनीबजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीलाई लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गरेको छ । शाखा प्रबन्धक मिलनकुमार श्रेष्ठले विद्यार्थीलाई कुमारी बैंकको सेवा, बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे जानकारी गराउनुभएको थियो । डिजिटल वित्तीय सेवाको बढ्दो प्रयोग, वित्तीय प्रभावदाताको प्रभाव, विद्यार्थीलाई सही वित्तीय जानकारी आवश्यकता रहेकाले वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिएको प्रबन्धक श्रेष्ठको भनाई छ ।

वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थी तथा यूवालाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । कार्यक्रममा कक्षा ११ र १२ का २ सय विद्यार्थीको सहभागिता रहेको थियो । क्त कार्यक्रमको सञ्चालन प्रतिमा श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण बागलुङ शाखाका वियम नारायण थापा, असिम ढकाल र बेनी शाखा वियम मिलन कुमार श्रेष्ठले गर्नुभएको थियो भने विद्यालयका कक्षा १२ का संयोजक कृष्ण जिसीले कार्यक्रमको समापन गर्नुभएको थियो । विद्यार्थीलाई बचत गर्ने बानीको विकास सहित समसामयिक परिस्थितिमा बचतको महत्व एवं निकट भविष्यमा आईपर्न सक्ने वित्तिय तथा पुँजीगत समस्याहरुसँग जुध्ने बलियो आधार वित्तिय साक्षरता कार्यक्रमलाई समेत लिन सकिन्छ ।












