---Advertisement---

एक महिनापछि खुल्यो म्याग्दी युवाको हत्या प्रकरणको रहस्य

On: March 22, 2026 7:26 PM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा एक यूवाको मृत्यु प्रकरणमा नयाँ तथ्य पत्ता लागेको छ । गएको फागुन ७ गते साँझ साढे ७ बजे स्थानीय २४ बर्षिय यूवा सौरब विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा मृत्यु भएको भनिएको घटनाको पोष्टमार्टम रिर्पोट आएपछि हत्या भएको पुष्टी भएको हो । मृतक विकसँगै जंगलमा भेडाको उन काट्न, गोठ सार्न गएका २२ बर्षिय प्रकाश विकले टाउकोमा र पछाडीबाट दाउराले प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीको अनुसन्धानबाट खुलेको छ ।


दुई नाबालक सहित अभियुक्त प्रकाशसँग जंगलमा मादकपर्दाथ सेवन गरी भएको विवादमा टाउको र पछाडीबाट प्रहार गरेको पोष्टमार्टम रिर्पोट आएपछि रहस्यमय बनेको घटनाको अनुसन्धानको क्रममा आरोपीको बयानले हत्या आरोप पुष्टि भएको सुचना अधिकारी सागर तिमिल्सिनाले बताए । आरोपी र मृतकबीच पारिवारिक सम्बन्धका कारणले घटनाको वास्तविकता लुकाउने प्रयास भएको बताए । घटनास्थलमा १२ र १३ बर्षका दुई बालक समेत रहेका थिए ।


घटनास्थल, पोष्टमार्टम रिर्पोट,अभियुक्तको बयानसँग मेल खाने प्रमाणका आधारमा हत्यामा संलग्न बिकमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । मृतकको पोष्टमार्टम रिर्पोट अगाडी पीडित र पिडक पक्षबाट प्रमाणहरू लुकाउने प्रयासहरू भएकाले एक महिनापछि मात्रै आइतबार जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Comment