एकीकृत सेवा कार्यालय, म्याग्दीको आयोजनामा महिलाहरूका लागि निःशुल्क २० दिने लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरिएको छ ।म्याग्दी बहुमुखी क्याम्पस परिसरमा सञ्चालन गरिएको कक्षाको प्रमुख अतिथिकोजिल्ला समन्वय अधिकारी नीलकण्ठ शर्माले लोकसेवाका लागि प्रयाप्त मेहनतको आवश्यकता रहेको बताउनुभयो । उहाँले मेहनतसँगै तयारी कक्षाहरुले समेत लोकसेवामा सफलता प्राप्त गर्ने बताउनुभयो ।

सोही अवसरमा क्याम्पस प्रमुख श्रीधर सुबेदी तथा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले म्याग्दी जिल्लाबाट निजामति सेवामा प्रवेशका लागि तयारी कक्षाहरु माध्यम हुने भएकाले यसलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । एकिकृत सेवा
कार्यक्रमको सञ्चालन उपेन्द्र बहादुर बस्नेतले गर्नुभएको थियो भने कार्यालयका प्रमुख सम्मेर घर्ति क्षेत्रीले कार्यालयबाट समुदायस्तरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताउनुभयो । महिलाहरूको क्षमता अभिवृद्धि तथा लोकसेवा परीक्षामा सफलता हासिल गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो
कक्षामा ३१ जना महिलाहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई लोकसेवा आयोग सम्बन्धी आवश्यक विषयहरूमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।महिलाहरूलाई आत्मनिर्भर, सक्षम र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।











