---Advertisement---

बेनीमा सीपयुक्त जनशक्ति र रोजगारदाताबीच अन्तरक्रिया, दक्षताको कदर गर्न नगर प्रमुख केसीको जोड

On: March 23, 2026 10:29 PM
Follow Us:

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा बेनी नगरपालिकाको समन्वयमा सोमबार बेनीमा सीप परीक्षण (RPL) उत्तीर्ण जनशक्ति र रोजगारदाताहरूबीच विशेष अन्तरक्रिया कार्यशाला सम्पन्न भएको पूर्व-सिकाइ मान्यता (RPL) विधिमार्फत सीप परीक्षण उत्तीर्ण गरेका जनशक्तिलाई स्थानीय बजार र रोजगारदाताहरूसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले परम्परागत रूपमा सीप सिकेका तर प्रमाणपत्र नभएका श्रमिकहरूका लागि यो पद्धति वरदान सावित भएको बताउनुभयो।

बेनी नगरपालिका नगर प्रमुख केसीले भन्नुभयो:”हाम्रो समाजमा धेरै दक्ष श्रमिकहरू हुनुहुन्छ, जोसँग वर्षौँको अनुभव छ तर शैक्षिक प्रमाणपत्र छैन। यो सीप परीक्षणले उहाँहरूको क्षमतालाई राज्यले चिन्ने ढोका खोलेको छ। बेनी नगरपालिकाभित्र रहेका उद्योगी र व्यवसायीहरूले बाहिरबाट कामदार ल्याउनुको सट्टा आफ्नै ठाउँका दक्ष र प्रमाणित जनशक्तिलाई प्राथमिकता दिनुपर्छ। हामीले सीपको कदर गर्ने वातावरण निर्माण गर्नुपर्छ।”


कार्यशालामा मन्त्रालयले हालसम्म गण्डकी प्रदेशमा ६ सय ७६ जनाले यो विधिबाट सीप परीक्षण उत्तीर्ण गरिसकेको जानकारी दिएको छ। सो अवसरमा रोजगारदाताहरूले दक्ष जनशक्तिको अभाव रहेको गुनासो गरिरहँदा, अर्कोतर्फ सीप भएकाहरूले उचित अवसर नपाएको अवस्थालाई मध्यनजर गर्दै दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गराइएको थियो।कार्यक्रममा सहभागीहरूलाई आइपर्ने प्राविधिक समस्या समाधानका लागि मन्त्रालय र CTEVT का विज्ञहरू

जिबन भण्डारी, अनिश पौडेल, अनुपराज न्यौपाने, बिदुर हरि आचार्य लगायतको विज्ञ टोलीले सहजीकरण गर्ने जानकारी समेत दिइयो। कार्यक्रममा बेनी नगरपालिकाका वडा अध्यक्षहरू, उद्योग वाणिज्य संघ म्याग्दीका प्रतिनिधि, क्युपेक नेपालका प्रतिनिधि र विभिन्न क्षेत्रका १५ जना सीप परीक्षण उत्तीर्ण (RPL Graduates) सहित ६७ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तहले नै यस्ता जनशक्तिको तथ्याङ्क राखेर रोजगारीसँग जोड्ने नीति ल्याउनुपर्ने सुझाव दिएका छन्। शिव बोहोरा

Leave a Comment