नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी भदौमा गर्न सभापति गगन थापाले प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सभापति थापाले १५ औँ महाधिवेशन आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा गर्न प्रस्ताव पेस गरेका हुन्।
सभापति थापाले क्रियाशील सदस्यता वितरण र चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरेका छन् ।
जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी गर्नुपर्ने प्रस्ताव थापाको छ ।
विशेष महाधिवेशनबाट आएको टिमले गरेको काम र निर्वाचनको समीक्षा गर्दै पार्टी अघि बढ्नुपर्ने पनि थापाले बताएका छन् ।














