---Advertisement---

तेस्रो मोना कप भलिबलको उपाधि गुल्मी सेवा समाजको पोल्टामा

On: March 24, 2026 9:55 PM
Follow Us:

म्याग्दी प्रवासी संघ (मोना) मलेसियाको तेस्रो मोना कप भलिबल प्रतियोगिताको उपाधिगुल्मी सेवा समाजको पोल्टामा परेको छ । मलेसियामा रहेका म्याग्देलीको साझा संस्था रहेको मोनाले नेपाली बिचको एकता र सहकार्यलाई मध्यनजर गरी आयोजित प्रतियोगितामा समाजले साथी भाइ टोलीलाई उपविजेतामा सिमित राख्दै उपाधि जितेको हो ।

प्रतियोगितामा आयोजक मोना मलेसिया तेस्रो भएको मोना मलेसिया खेलकुद अध्यक्ष दिपेन्द्र कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ३५०१, २५०१ र १२०१ मलेशियाली रिङ्गेट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त मोना मलेसियाको सल्लाहकार लालबहादुर रोकाले वितरण गर्नुभएको थियो ।


सोही अवसरमा भाग्यशाली चिठ्ठाको विजय (शाह आलम),हरी बिश्वकर्मा बिनोद कुमार सहित सान्त्वना पुरस्कार गरी १० जनालाई वितरण गरिएको मोना मलेसयाका अध्यक्ष प्रकाश केसीले बताउनुभयो ।‘प्रतियोगिताले म्याग्देलीको सहभागिता बढाएको छ, नेपाली समुदायबिचको एकता समेत बलियो भएको छ’ अध्यक्ष केसीले भन्नुभयो ।

मलेसियामा रहेका म्याग्देलीलाई मोनामा आवद्ध गर्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष केसीको भनाई छ । यसैबीच कार्यक्रम सफल बनाउन आयोजक टिम, स्वयंसेवक, प्रायोजक, खेलाडी तथा दर्शकहरूको सक्रिय भूमिप्रति आयोजकले धन्यवाद दिएको छ ।

Leave a Comment