बेनी–पाखापानी सडक खण्डमा कालोपत्रे सडकसँगै दुर्घटनाको जोखिमलाई मध्यनजर गरी नेप्टेचौर स्थित घुम्ती मोडमा कन्भेक्स मिरर राखिएको छ । दुर्घटना हुने सम्भावित जोखिम क्षेत्रमा कन्भेक्स मिरर राख्ने अभियान अन्तरगत उक्त स्थानमा स्थानीय जनहित युथ क्लवको आर्थिक तथा जिल्ला ट्र«ाफिक कार्यालय म्याग्दीको प्राविधिक सहयोगमा राखिएको हो । क्लवका अध्यक्ष विपिन चोखालले घुम्ती सडकमा विपरीत दिशाबाट आएको सवारी साधन नदेखिदा जोखिम भएकाले क्लवको आर्थिक सहयोगमा खरिद गरी जडान गरिएको बताउनुभयो ।

सोही अवसरमा जिल्ला ट्राफिक प्रहरी प्रमुख विशाल परियारले घुम्तीमा दुर्घटना कम गर्न समुदायमा रहेका संघसंस्थाको पहलमा कनभेक्स मिरर राख्ने अभियान रहेको बताउनुभयो ।

दुर्घटना न्युनिकरण गर्न जिल्लाका संघ संस्थाको सहयोगमा विभिन्न कार्यक्रम समेत गर्ने गरिएको छ । क्लवका सचिव सविस चोखालले वडाभित्र अन्य ठाउँमा समेत हेरिएकाले आवश्यकता अनुसार थप गरिने बताउनुभयो । क्लवले मेलापर्व सहित सहयोग जुटाएर सामाजिक कार्य गर्ने गरेको छ ।











