जल तथा मौसम विज्ञान विभागले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, तातोपानी क्षेत्रमा अस्वभाविक वर्षा भएको जनाएको छ । गएको १ घण्टामा तातोपानी क्षेत्रमा सबैभन्दा बढी वर्षा २७.२ मिलिमिटर मापन गरेको छ । छोटो समयमा गरिएको मापनमा अस्वभाविक वर्षा ठान्छन्। कुनैपनि स्थानमा घना बादल थुप्रिएर यताउता फैलिन पाएन भने एकै ठाउँमा ठूलो वर्षा हुन्छ। स्वचालित वर्षा मापन केन्द्रहरुले पठाउने विवरणका आधारमा मापन गरिएको हो ।
अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ। हाल गण्डकी प्रदेशका केही तथा देशका पहाडी र हिमाली भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। म्याग्दीको तातोपानीमा छोटों अवधिमा धेरै वर्षा भएका उदाहरणहरू छन्। जसलाई मौसमविज्ञहरू अस्वभाविक वर्षा मान्छन्।









