---Advertisement---

कालिगण्डकी नदीमा साढे दुई करोडको दीप प्रज्वलन (फोटो/भिडियो)

On: March 27, 2026 4:38 PM
Follow Us:

हरिकृष्ण गौतम
हिन्दु धर्मावलम्बीहरूको पर्व रामनवमीको अवसरमा कालिगण्डकी नदीमा साढे दुई करोडको दीप प्रज्वलन गरिएको छ । बेनी नगरपालिका–७, जयन्ती मंगला र कालीको संगम स्थल नजिक कृष्णगण्डकी किनारमा विश्व हिन्दु महासंघ म्याग्दीले पितृ उद्धार र सम्झनाका साथै विश्व शान्तिको कामना गदैं निकै ब्यवस्थित रुपमा पूजाआजा तथा दिप प्रज्वलन गरिएको हो ।

कालिगण्डकी नदीमा मन्डप, २ सय २० जनाभन्दा बढी कर्तासहित म्याग्दी, बागलुङ, पर्वत जिल्लाका साथै देशका विभिन्न स्थानबाट पूजाआजा गर्न आएका भक्तजनले दीप प्रज्वलन गरेको विश्व हिन्दु महासंघ म्याग्दीका अध्यक्ष डण्डपाणी उपाध्यायले बताए ।


विश्व हिन्दू महासंघ म्याग्दीले एक करोड ८ लाख दिप प्रज्वलन गर्ने उद्देश्य राखेपनि थामिनसक्नु भिडका कारण साढे २ करोडभन्दा बढी संकलन भएको थियो । विहानैदेखि भक्तजनको भिड लागेको कालिगण्डकी नदीमा भजन समुहसहित विभिन्न आमा समुहले संकलन गरेको फलप्रसाद वितरणका साथै नेपाल प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना, गोविन्द सुबेदी सहितको टोली भिड ब्यवस्थापनमा खटिएका थिए ।


विश्वमै एकमात्रै शालग्राम शिला पाइने कालिगण्डकी नदीको प्रचारप्रसार तथा संरचनका लागि बेनी नगरपालिका–७, वडा कार्यालयमार्फत तटिय क्षेत्रमा ब्यवस्थापन तथा वडाबासीमार्फत पूजामा सघाउने गरी खटिएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

भगवान् श्री रामको पूजाअर्चना गरी मनाइने राम नमवी पर्वको अवसरमा सदरमुकाम बेनीबजारमा दीप प्रज्वलन साथै शान्ति प्रार्थना पहिलोपटक गरिएकोमा सफल भएको विश्व हिन्दू महासंघका उपाध्यक्ष बिक्रम श्रेष्ठले बताए । हिन्दु धर्मका विभिन्न पर्वलाई महासंंंघमार्फत नयाँ पुस्तालाई हस्तान्तरण सहितका कार्यहरू समेत गर्ने गरिएको छ ।


हिन्दु धर्ममा देवी–देवताको पूजाका लागि दीप प्रज्वलन गर्ने गरिएको पण्डित ठाकुरप्रसाद शर्माले बताए । उनका अनुसार दीप प्रज्वलन नगरी भगवान्को पूजा पूरा नहुने जनविश्वास रहेकाले दीप प्रज्वलन गर्दा विधि र प्रक्रिया पूरा गर्नुपर्ने भएकाले विहानैदेखि पूजाआजा गरिएको छ । म्याग्दीमा बिश्व हिन्दू महासंघले हरेक शनिबार १८ पुराण बाचनसहित नयाँ पुस्तालाई धार्मिक गतिविधिमा आर्कषित गर्ने गरेको छ ।

Leave a Comment