प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएर छलफलमा जुटेका हुन् ।
“प्रधानमन्त्री मन्त्रीहरूसँग छलफल गरिरहनुभएको छ । मन्त्रीहरू केहीबेरअघि पुगेपछि छलफल सुरु भएको छ,” स्रोतले भन्यो ।
बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।









