---Advertisement---

बागलुङमा नक्कली नोट कारोबारको आशंकामा चर्मकार पक्राउ

On: March 29, 2026 9:40 PM
Follow Us:

 जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङमा एक हजारका नक्कली नोट प्रकरण आशंकामा अधिवक्ता याम बहादुर चर्मकारलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।

बागलुङ बजारका विभिन्न बैंकमा एउटै नम्बरको एक हजारका नोट फेला परेपछि प्रहरीले अनुसन्धान अगाढी बढाउदा चर्माकारसंग नक्कली नोट फेला परेकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार सोमबार जिल्ला अदालत बागलुङबाट चर्माकारलाई सात दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ ।

“चर्माकारले मेडिकल पसलमा औषधी खरिदका लागि उक्त नक्कली नोट दिनुभएको थियो” स्रोतले भन्यो “उहाँले दिएको नोट नक्कली जस्तो देखिएपछि अनुसन्धान चर्माकार केन्द्रित भएको थियो, उहाँसंग थप १६ वटा नक्कली नोट देखिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो, थप अनुसन्धान भइरहेको छ” ।

नक्कली नोट कहाँ छापियो र चर्माकारसंग कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ । बागलुङ बजारमा १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका थिए । बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैक लगायतका बैंकमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले जानकारी दिनुभयो ।

कुुँवरका अनुसार झ ७९१६९०३३ नम्बरको नोट दोहोरो फेला पर्न थालेकाले प्रहरीलाई जानकारी गराइएको थियो ।
नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको छ । नक्कली नोटको विषयमा राष्ट्रबैंकमा समेत जानकारी गराएको बैंकर्स क्लव बागलुङको अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो ।

Leave a Comment