---Advertisement---

दिदीबहिनी सहकारीले सचेतना सहित कुष्ठरोगी बिरामीलाई सहयोग

On: April 4, 2026 8:05 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । महिला वर्गको समृद्धि सशक्तीकरण र आर्थिक उन्नति” भन्ने मूल नारालाई आत्मसात गरी २०६८ मा स्थापना भएको सहकारीले म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रमको क्याम्पस प्रमुख श्रीधर सुबेदीले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि सुबेदीले सहकारीमार्फत समुदायस्तरमा विभिन्न कार्यक्रम गरी सहकारी संस्थाको उदेश्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।


क्याम्पसम अध्ययनरत विद्यार्थी सहितको उपस्थितीमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक सागर तिमिल्सिनाले लागू औषध दुरुपयोग र विद्युतिय हिंसा, उद्यमशिलताका बारेमा उद्यमी अम्बिका ढुंगाना, व्यवस्थित जीवन रक्षक शैली विषयमा महिला अधिकारकर्मी जमुना आचार्यले ‘सहजीकरण गर्नुभएको थियो ।

अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता, स्वागत उपाध्यक्ष जगत कुमारी खत्री र सञ्चालन सल्लाहकार जमुना आचार्यले गर्नुभएको थियो । सोही अवसरमा सातबर्षदेखि कुष्ठरोगी बिरामीलाई मुठिदान कार्यक्रम गरिएको थियो । सहकारीले स्थापना दिवस बाहेक पनि महिला हिंसामा परेका, अलपत्र, विपन्नको उपचार तथा खाद्यान्न सहयोग सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने गरेको छ । वित्तिय कारोबार बाहेक समुदायस्तरमा हुने हरेक रचनात्मक अभियानमा सहकारीले सक्रियतापूर्वक साथ दिने गरेको छ ।

Leave a Comment