म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसका अभिभावकहरूको भेला एवं तेस्रो अधिवेशनबाट ओमप्रसाद रेग्मीको अध्यक्षतामा १५ जना सदस्य रहेको अभिभावक संघ गठन गरिएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट केदारनाथ सुबेदी, रामकृष्ण आचार्य, धनकुमारी शेरपुञ्जा, कुलप्रसाद रोका,सम्झना रोका, रुपा क्षेत्री, मनकुमारी विश्वकर्मा, विष्णु पाइजा, गणेश पुरी, खड्ग बहादुर बस्नेत र तुलकुमारी गैरे रहनुभएको छ ।

अधिवेशनको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले उद्घाटन गदै क्याम्पसलाई शैक्षिक तथा अन्य गतिविधिमा बलियो बनाउन अभिभावक, विद्यार्थी लगायत सरोकारवाला निकायको साथ र सहयोग हुनुपर्ने बताउनुभयो । त्यस्तै क्याम्पस प्रमुख श्रीधर सुवेदीले शैक्षिक र भौतिक पूर्वाधारमा अब्बल रहेको क्याम्पसले विद्यार्थीलाई जिवन उपयोगी शिक्षामा समेत प्राथमिकता दिने गरेको बताउनुभयो ।

अधिवेशनको अवसरमा सञ्चालक समितिका निवर्तमान अध्यक्ष सोमनाथ ढुंगाना, कोषाध्यक्ष शेर बहादुर केसी, सदस्यहरू दण्डपाणि शर्मा र दुर्गाराम सुवेदी, अभिभावक संघका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदी, पूर्व विद्यार्थी संघका अध्यक्ष अर्जुन पौडेल, महेन्द्र मावि. झींका प्रधानाध्यापक याम शेरपुञ्जा, स्ववियु सभापति संगम चोखाल तथा गुणस्तर समूहका संयोजक सुस्मिता शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । अभिभावक संघका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षता,सदस्य सचिव प्रेम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

शैक्षिक संस्थालाई सबल र सक्षम बनाउन अभिभावकको रचनात्मक सहयोग आवश्यकता रहेकाले आफ्नो कार्यकालमा विगतका अभ्यासलाई निरन्तरता र नयाँ कार्यहरुमा समेत प्राथमिकता दिने अध्यक्ष रेग्मीको भनाई छ । वि.सं. २०४८ सालमा समुदायको प्रयासमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुँदै आएको छ ।












