---Advertisement---

भलिबल कभर्डहल बनाउन डा. तुलाचनको ५१ सहयोग

On: April 4, 2026 8:51 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माणका लागि दक्षिण कोरियाको सोलस्थित खाङ्स विश्वविद्यालयको अन्तराष्ट्रिय अध्ययन विभागको विभागीय प्रमुख प्रा.डा.बोजिन्द्र तुलाचनले ५१ हजारभन्दा बढी सहयोग गर्नुभएको छ। म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगाका डा.तुलाचनले भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।


नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘क’ विभूषण प्राप्त गर्नुभएका पूर्व भलिबल खेलाडी समेत रहनुभएका मोना दक्षिण कोरियाका सल्लाहकार डा. तुलाचनले म्याग्दीमा भलिबल खेलका लागि आवश्यक पर्ने पूर्वाधार बनाउन सानो सहयोग गरेको बताउनुभयो । भलिबल खेलबाट म्याग्दी जिल्लाको पहिचान स्थापित भएको अवस्थामा नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई नियमित अभ्यासका लागि आवश्यक पर्ने कर्बड हलका लागि उक्त सहयोग गरेको बताउँदै सबैलाई सहयोग अभियानमा जोडिन डा. तुलाचनले अनुरोध गर्नुभयो ।


अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक मनोविज्ञानमा नेपालको पहिलो अनुसन्धानकर्ता समेत रहनुभएका डा. तुलाचनको सहयोगले उत्साहित भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ ।

पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Comment