---Advertisement---

सभामुखमा निर्विरोध निर्वाचित भए डीपी अर्याल

On: April 5, 2026 11:45 AM
Follow Us:

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार (चैत २२) बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

त्यसअघि, बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा स्वर्णिम वाग्ले र सोविता गौमतले समर्थन गर्र्दै आफ्नो धारणा राखेका थिए ।त्यसपछि केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

गएको फागुन २१ गतेको निर्वाचनमा अर्याल काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका थिए । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला उनले पार्टीको नेतृत्व सम्हालेका थिए ।

उनी ०७९ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए ।

Leave a Comment