म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोनाले आगामी अप्रिल ११ र १२ तारिखमा आयोजना हुने दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिवलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।
फेस्टिवलका लागि दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ भने नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीको जानकारीमूलक स्टलहरू पनि रहने बताइएको छ ।फेस्टिवलमा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टल रहने जानकारी दिइएको छ। दुई दिने फेस्टिवलमा करिब १५ हजार दर्शकको सहभागिता रहने र ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने छ । फेस्टिवलमा म्याग्देली कलाकार रवि कार्की, गायक सूर्य खड्का लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा एनआरएनए आईसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा मोना जापानका सल्लाहकार ददिवल खड्काले जापानमा रहेका म्याग्देली सहित नेपाली सामुदायको प्रतिनिधित्वले नेपालको पर्यटन प्रर्वधन सहितका क्षेत्रमा समेत सघाउने बताउनुभयो । मोना अन्तराष्ट्रि«यका निर्वतमान अध्यक्ष समेत रहनुभएका खड्काले म्याग्दी जिल्लाका तातोपानी सहित पर्यटकीयस्थलमा जापानीलाई आर्कषित गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा मोना जापानका सल्लाहकार तिलक मल्ल, कलाकार रवि कार्की र नेपाल पत्रकार महासंघ जापानका सचिव अर्जुन लामिछानेले मन्तव्य व्यक्त गर्नुभएको थियो भने मोना जापानका निर्वतमान अध्यक्ष बिशाल कार्की लगायतको उपस्थिती रहेको थियो ।

मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले तयारी अन्तिम चरणमा रहेकाले आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं फेस्टिबललाई सम्पुर्ण नेपालीको साझा कार्यक्रम गराउने बताउनुभयो । पत्रकार सम्मेलनको महासचिव सुरेश पुनको सञ्चालन गर्नुभएको थियो ।













